गुल्मीमा दुई शिक्षक पक्राउ; नाबालिग छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप

२०७९ जेठ ९ गते

काठमाडौँ । गुल्मीमा नाबालिग छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
गुल्मीको सत्यवती माध्यमिक विद्यालयमा अध्यनरत एक छात्रालाई सोही विद्यालयका शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्याँलले यौन दुर्व्यवहार गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ। आरोपित शिक्षक भट्टराईले गत वर्षको भदौ महिनादेखि र बस्याँलले माघदेखि छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, यौन दुर्व्यवहार गर्ने गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताएका छन्।
उनीहरूमाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित