चिङ्गाडले पालिकाभित्रैको एक विद्यालयलाई नमूना विद्यालय बनाउने

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाले पालिकाभित्रकै एक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने भएको छ।

गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी र उपाध्यक्ष मिनाकुमारी रोकायले सोमबार पदभार ग्रहण गरेका छन्। उक्त पदभार ग्रहण गरेसँगै पहिलो निर्णयका रूपमा गाउँपालिकाभित्र एउटा नमूना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हुन्।

गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालयमध्ये एक विद्यालय छनौट गरी प्राविधिक शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना रहेको अध्यक्ष जिसीले जानकारी दिए। उनले भने, ‘पालिकाको पहिलो निर्णय भनेको नमूना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ। नमूना विद्यालय सञ्चालनका लागि निश्चित कार्यविधि बनाइने र सोही अनुसार कार्यक्रम सञ्चालन गर्नेछौँ।’

यस्तै, पालिकाकाले चिङ्गाडका ६ वटै वडा जोड्ने चक्रपथ निर्माण गर्ने पनि निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *