सरकारलाई समाजवादी विद्यार्थीले भन्याे- पेट्रोलियम पदार्थको मूल्यवृ्द्धि फिर्ता गर

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) समर्थित समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता गर्न सरकारसँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष रुपनारायण श्रेष्ठले यस्ताे माग गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएकाे छ, ‘सरकारले पेट्रोलियम पदार्थमा गरिरहेको मूल्यवृद्धिले जनजीवनलाई संकटपूर्ण परिस्थितिमा पुर्याएको युनियनले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने गरी मूल्यवृद्धि गर्नु अमानवीय रवैया हो । पेट्रोलियम पदार्थको करबाट राज्य संचालन गर्ने, वस्तु उत्पादन र निर्यातमा ध्यान नदिने, उठाइएको कर सदुपयोग नगरी दोहन गरी कार्यकर्ता पोस्ने प्रवृत्ति फस्टाउँदै जानु चिन्ताजनक अवस्था हो ।’

युनियनले पेट्रोलियम पदार्थको आयात घटाएर दीर्घकालीन समाधानको लागि विद्युतीय सवारी साधन तथा चुल्हाे प्रयोग गर्न जनतालाई प्रोत्साहन गर्न उचित कदम चाल्नसमेत माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *