निर्वाचन परिणाम सन्तोषजनक छ : कांग्रेस (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसले स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सन्तोषजक रहेको बताएको छ । साेमबार पार्टी कार्यालय, सानेपामा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यस्ताे बताएका हुन् ।

७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ । याे स्मरण गराउँदै उनले भने, ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रूपमा लिएका छाैँ । धेरै ठूलो सफलता हासिल गरेका छाैँ । यदि पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्याैँ भन्ने अनुमान छ ।’ उनले त्यसअघि भनेका थिए— ‘झन्डै आधा ठाउँमा हामीले विजय हासिल गर्‍याैँ भन्ने आधार प्रशस्त छ ।’

कांग्रेसले चुनावमा सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको बताएकाे छ ।



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *