रौतहट वृन्दावनको प्रमुख-उपप्रमुख दुवैमा समाजवादी विजयी

काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ।

नगरपालिकाको प्रमुखमा समाजवादीका विनोदप्रसाद कुर्मी ६ हजार ११२ मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामस्नेही राय यादवले ४ हजार ६७८ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा पनि समाजवादीकै संगिताकुमारी लामा ५ हजार ७७२ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। लामाकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सैवुन खातुनले उपप्रमुखमै ४ हजार ६८८ मत प्राप्त गरेकी छन्।

रौतहटको वृन्दावन नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा एकीकृत समाजवादीले किल्ला गाडेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *