बुद्ध दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई मन्त्री पौडेलको आग्रह

लन्डन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन् । बुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले गौतम बुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको बताए । बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उनले बताए ।

मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उनका विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए ।
‘बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु’ मन्त्री पौडेलले भने, ‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।’

मन्त्री पौडेलले नेपालीहरुले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतम बुद्ध नेपालमा जन्मनु भएको उल्लेख गरे ।

‘गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएको छ,’ मन्त्री पौडेलले भने, ‘उनीप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ । उनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अघि बढ्न सके अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।’ उनले हजारौँ हजार वर्षसम्म गौतम बुद्धका उपदेशरु जीवित रहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *