धनराजले बनाए कृष्णसँग ४०२९ काे मतान्तर, उपमेयरमा मञ्जु अग्रस्थानमा

पाेखरा । पाेखरा महानरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले आफ्नाे अग्रता कायमै राखेका छन् । १ लाख २५ हजार ५ सय २० मतगणना हुँदा धनराजकाे पक्षमा ५० हजार ५ सय १२ मत देखिएकाे छ । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार कृष्ण थापाले ४६ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । कृष्णभन्दा धनराज ४ हजार २९ मतले अघि छन् ।

यस्तै राप्रपाका उम्मेदवार शंकर खराल र स्वतन्त्र उम्मेदवार गनेस पाैडेलले क्रमश: ५ हजार ३ सय ३७ र २ हजार ८ सय ६४ मत बटुलेका छन् ।

उपमेयरतर्फ एमालेकी मञ्जुदेवी गुरुङ अग्रस्थानमा छन् । उनले ५३ हजार १ सय ३७ मत पाएकी छन् भने गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी काेपिला रानाभाटले ४९ हजार ५ सय ८६ मतसहित दाेस्राे स्थानमा छन् ।

यस्तै राप्रपाकी रञ्जना सेनले ५ हजार ३ सय १८ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *