विजय उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउने प्रयोजनका लागि आज पालिकाभरि सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाले सूचना प्रकाशित गर्दै नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ । ‘विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरूमा आज मिति २०७९ जेठ ९ गते सोमबारका दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ‚’ प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरी चौधरीद्वारा जारी सूचनामा उल्लेख छ ।

रुपनी गाउँपालिकाको अध्यक्षमा लोसपाका दिनेशकुमार यादव र उपाध्यक्षमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *