स्वतन्त्र रूपमा जितेका जनप्रतिनिधिलाई दलहरूले सघाउनुपर्छ : विश्वप्रकाश

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताकाे हितमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । साेमबार आफ्नाे आधिकारिक फेसबूक ह्यान्डलमार्फत धरानमा स्वतन्त्ररूपमा जितेका हर्कराज साम्पाङलाई बधाई दिँदै उनले भनेका छन्, ‘एक्लै जितेका छन्, कसरी काम गर्लान् ? यस्तो प्रश्न नगरी जनताको हितमा काम गर्न सबैले सघाउनुपर्छ,’ महामन्त्री शर्मा भनेका छन् ।

त्यसअघि उनले भनेका छन्, ‘हर्क साम्पाङलाई बधाई ! बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट आएकालाई सहज आत्मसात गर्नुपर्छ । धरान-धनगढी या कहीँ पनि स्वतन्त्रको जीतले मुख्य दलहरूलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ ।’

धरान उपमहानगरपालिकामा हर्कराजले जितेका छन् भने धनगढीमा स्वतन्त्र उम्मेदवार गाेपाल हमालले जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *