कांग्रेसले एमालेभन्दा १२३ बढी पालिका प्रमुख जित्यो (सूचीसहित)

काठमाडौँ । अहिलेसम्म ७२६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत ७५३ मध्ये ७२६ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

निर्वाचन आयोगकाअनुसार २६८ नगरपालिका र ४५८ वटा गाउँपालिका गरी ७२६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसले ३२० पालिकाको प्रमुख २९३ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ ।

नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १९७ वटा पालिकाको प्रमुख र २२५ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १२० वटा पालिकाको प्रमुख तथा १२८ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ भने नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चार वटै पालिकामा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले चार प्रमुख, जनमत पार्टीले दुई प्रमुख, नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ ।

विवेकशील साझाले १ पालिका प्रमुख जित्दा जनप्रगतिशील पार्टीले १ पालिकाको उपप्रमुख पद जितेको छ । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =