पोखरामा १ लाख २२ हजार मत गनियो, धनराजले बढाए मतान्तर

काठमाडाैँ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

१ लाख २२ हजार २१९ मत गनिसक्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३९७९ पुर्‍याएका हुन् ।

आचार्यले ४९२४१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ४५२६२ मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले ५२५७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २८४१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५१५८९ मतसहित अग्रता बनाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ४८४९२ मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ५२२९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *