व्यासको मेयर जितेनन् एमालेसँग गठबन्धन गरेका जोशीले, फेरि वैकुण्ठ विजयी

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने र उपमेयरका कांग्रेसकै इन्दिरा दरै विजयी भएका हुन् ।

न्यौपाने १२ हजार ७८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपक राज जोशीले ११ हजार ८२६ मत पाए । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकलाई नेकपा एमालेको पनि समर्थन थियो ।

उपमेयर दरै १२ हजार ४९८ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् । ०७४ मा पनि व्यासको मेयरमा काँग्रेसकै न्यौपाने र उपमेयरमा मीरा जोशी निर्वाचित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *