भीम रावलको वडामा गोलाप्रथाबाट स्वतन्त्र उम्मेदवार विजयी
२०७९ जेठ ९ गते

अछाम । नेकपा एमालेका नेता भीम रावलको वडा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन्।
एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्टलाई मत बराबर आएपछि गोलाप्रथाबाट हराउँदै स्वतन्त्र उम्मेदवार मीनबहादुर बोहरा विजयी भएका हुन्। विष्ट र बोहराको समान २२६ मत आएपछि गोला प्रथा गरिएको थियो। गोलाप्रथा गर्दा स्वतन्त्र उम्मेदार बोहराले जितेका हुन्।
दुवैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो। अन्ततः दुवै पक्ष गोलाप्रथा गर्न सहमत भएका थिए।
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








