भरतपुरमा अझै ५ दिन विद्युत् अवरुद्ध रहने, ३० लाखकाे सामग्री क्षति

चितवन । चितवनको भरतपुर महानगरपालिकामा पूर्णरुपमा विद्युत् सेवा सञ्चालन हुन अझै पाँच दिन लाग्ने भएको छ ।

हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि भरतपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले अवरुद्ध भएको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन पाँच दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुरमा १४० वटा पोल ढलेका छन् ।

हावाहुरीकै कारणले भरतपुरमा ३ जनाको मृत्यु र ११ जना घाइते भएका थिए । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीका कारण रु ३० लाखको सामग्री क्षति भएको र रु पाँच करोडको विद्युत् खपत अवरुद्ध भएको छ । भरतपुर महानगरको १ देखि ६ वडासम्म १४० पोल ढलेका हुन् ।
ढलेका पोल र तार मर्मतका लागि प्राधिकरणले चारवटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राविधिक शक्ति परिचालन गरेको छ ।

अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत संवेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत् पुनःसञ्चालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =