कामपा वडा नं. २१ : बालेन चाैथाे, सिर्जना पहिलाे

काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा नं. २१ काे मतगणना भइरहेकाे छ । अहिलेसम्म त्यहाँ १ हजार ५ सय १५ मतगणना सकिएकाे छ । जसमा सबैभन्दा धेरै सत्तारुढ गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंहले बढी मत ल्याएकी छन् । उनले ४ सय ५५ मत ल्याएकी छन् भने समग्र महानगरमा पहिलाे स्थानमा रहेका बालेन्द्र शाहले २ सय १८ मत मात्रै ल्याएका छन् ।

समग्र महानगरमा तेस्राे स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले याे वडामा ३ सय ४३ मत पाएका छन् । याे वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी तेस्राे स्थानमा देखिएका छन् । सायमीले बालेन्द्रकाे भन्दा ३ मत बढी २ सय २१ मत प्राप्त गरेका छन् ।

समग्र महानगरमा भने बालेनकाे अग्रता कायमै छ । उनले अहिलेसम्म ३९ हजार ६ सय मत ल्याएका छन् भने केशव र सिर्जनाले क्रमश: २२ हजार ७२ र २१ हजार ५ सय ७१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *