वडाध्यक्ष हारेपछि पोखरामा एमालेका कार्यकर्ताले दिए राजीनामा

पोखरा । पोखरा महानगरपालिका २४ वडाध्यक्षमा चुनाव हारेपछि नेकपा एमालेका नेता कार्यकर्ताले राजीनामा दिएका छन् । वडा कमिटीका पदाधिकारी सहित सदस्यले राजीनामा बुझाएका हुन् ।

वडाका उपाध्यक्ष उत्तम गिरी, सदस्यहरू थमन गिरी, बलबहादुर थापा, पार्वती गिरी, पवित्रा गिरी र दीपक पुरीले राजीनामा बुझाएका हुन् । एमालेको गढ मानिएको कास्कीकोटमा यसपालि अध्यक्ष मात्रै कांग्रेसले चुनाव जितेको छ । यहाँ कांग्रेसका भरत अधिकारीले एमालेका रामचन्द्र थापालाई पराजित गरे ।

पार्टीभित्रको अन्तरघातका कारण चुनाव हारेको निष्कर्ष एमालेले निकालेको छ । ‘वडाध्यक्ष पदका उम्मेदवारले व्यहोरेको हारले पार्टीलाई पुगेको अपूरणीय क्षति हुनुमा हामीले आफूलाई पनि जिम्मेवार ठानी पार्टीको गौरवशाली इतिहासलाई जोगाउन नसकेकोले नैतिकताको आधारमा आजको मितिबाट वडा कमिटीको कुनै पनि पदीय जिम्मेवारीमा नरहने गरी संयुक्त रूपमा राजीनामा पेश गर्दछौँ,’ अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *