व्यासको मेयरमा एमालेसँग गठबन्धन गरेका दीपकराज २६१ मतले पछाडि

काठमाडौँ । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिएका हुन् ।​

सुरुवातीमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिए पनि अन्तिमतिर आउँदा न्यौपानेले अग्रता बढाए । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेको समर्थन पाएका छन् भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ ।

पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार न्यौपानेले १० हजार ४५ मतसहित अग्रता बनाएका छन् । उनलाई दीपकराजले ९ हजार ७८४ मतका साथ पछ्याइरहेका छन् । दीपकराजलाई वैकुण्ठ न्यौपानेले २६१ मतले पछाडि पारेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *