पोखरामा कृष्णले घटाए मतान्तर, कसको मत कति ?

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारसँग एमालेका उम्मेदवारले मतान्तर घटाएका छन् । पछिल्लो मत परिणामअनुसार ३२७२ मतान्तर रहेकोमा भर्खरै सार्वजनिक भएको परिणामअनुसार ३१८८ को अन्तर छ ।

गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३९३९० मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापा ३६२०२ मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले ४४५५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २५६३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ४१२१९ मतसहित अग्रता बनाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ३९७४३ मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ४३८१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *