व्यासमा कांग्रेसको अग्रता, दीपकराज २१६ मतले पछाडि

काठमाडाैँ । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएकाे छ । कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिएका हुन् ।​

सुरुवातीमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिए पनि अन्तितिर आउँदा न्यौपानेले अग्रता बढाए । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेको सर्मथन पाएका छन् भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ ।

परिल्लो मत परिणामअनुसार २४ हजार ३८७ मत गणना हुँदा कांग्रेस उम्मेदवार न्यौपानेले ९ हजार ८२२ मतसहित अग्रता बनाएका छन् । उनलाई दीपकराजले ९ हजार ६०६ मतका साथ पछ्याइरहेका छन् ।

दीपकराजलाई बैकुण्ठ न्यौपानेले २१६ मतले पछाडि पारेका छन् । अब ५८७६ मत गन्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *