कलैयाका मेयर, उपमेयर र वडा अध्यक्षलाई उनीहरूकै तौल बराबरको लड्डुले स्वागत

बारा । बाराको कलैया उपमहानगरपालिकाको मेयरमा विजयी विनोद साह, उपमेयरमा विजयी रौशन प्रविन र वडा १० का नवनिर्वाचित अध्यक्ष मोहमद सविरलाई उनीहरुकै तौल बराबरको लड्डुले रुवागत गरिएको छ ।
समर्थक जगनी ठकुराईले विजयी तीनैजनालाई उनीहरुकै तौल बजारबरको लड्डुले स्वागत गरेका हुन् । काँटा तुलोमा उनीहरुलाई उनीहरुकै तौल बराबरको लड्डु राखेर, फूलमाला अविरसहित स्वागत गरिएको हो ।
उक्त लड्डु मतदाता तथा समर्थकलाई वितरण गरिएको थियो । तीनै जनाले राम्राे काम गर्ने अपेक्षासहित पार्टी नहेरी स्वागत गरेकाे ठकुराइले बताएका छन् ।
कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याएर विजयी भएका हुन् ।
उपमेयरमा प्रविनले १९ हजार २५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए ।









