धनगढीको मेयरमा हमालको जित सुनिश्चित, उपमेयरमा रानाको अग्रता

धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित सुनिश्चित देखिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन् । जम्मा खसेको ६३ हजार ७१५ मतमध्ये
५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मतसहित हमाललाई पछ्याइरहेका छन् । अब ७ हजार ४८९ मत मात्रै गणना गर्न बाँकी छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८६ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच प्रतिस्पर्धा छ ।

रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन् । उनीहरुबीच एक हजार ५ मतको अन्तर छ । यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ।

उपमेयरमा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि कन्द्कलाकुमारी रानाको अग्रता रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *