बादी समुदायबाट पहिलो मेयर बने पुष्प

काठमाडौँ । रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाको मेयर पदमा पुष्प बादी निर्वाचित भएका छन्।

एमाले कांग्रेस गठबन्धनको तर्फबाट मेयरमा उठेका उम्मेदवार प्रेमबहादुर ओलीलाई ५ सय ७१ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले ६ हजार ८ सय ८२ मत प्राप्त गरेका थिए। उनले माओवादी केन्द्रका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका थिए।

यो जितसँगै ‘पुष्प बादी’ बादी समुदायबाट निर्वाचित हुने पहिलो नगर प्रमुख बनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *