बागलुङमा पहिलोपटक दुरबिन प्रविधिबाट शल्यक्रिया

काठमाडौँ । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ।

दुरबिनको प्रयोगबाट बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो। अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले उक्त शल्यक्रिया गरेको हो। पहिलो प्रयास नै सफल भएपछि अब दुरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्ने डा .आचार्यले बताए।

शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। “दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन”, उनले भने, “यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने हुन्छ।”

शल्यक्रियामा डा. केशव आचार्य, डा. सजिन कुँवर, डा. प्रज्ज्वल पौडेल, डा. गणेश वन र नर्स शर्मिला शर्माको समूह सहभागी थियो। “हामी ढुक्क भएर काम गरेका थियौँ, बिरामी जोखिममा थिएन्”, डा. आचार्यले भने, “नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुने नै भयो।” यसको सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उनले बताए।

धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा वा काठमाडौँ जाने झन्झट कम हुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *