पोखरामा मेयरकै वडामा एमाले पराजित

पोखरा । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीको वडामै एमाले पराजित भएको छ । एमालेका बैनबहादुर गुरुङलाई १ सय ५२ मतान्तरले हराउँदै पोखरा २८ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् ।

लामिछानेले १ हजार ६ सय ५८ मत ल्याए भने गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा पनि कांग्रेसकी डाल्डादेवी भुजेल विजयी भएकी छिन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन् ।

खुला सदस्यमा भने एकजना कांग्रेस र अर्का एकजना एमाले विजयी भएका छन् । यसअघि यो वडामा एमालेले प्यानल जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *