पोखरामा ८२ हजार मत गनियो, धनराजले बढाए मतान्तर

काठमाडाैँ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

८२२५४ मत गनिसक्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३४७७ पुर्‍याएका हुन् ।

आचार्यले ३३३२१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १८३६६ मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले ३५२० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २२८१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३४०९९ मत सहित अग्रता बनाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ३३८०० मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ३५०५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *