तलब नलिने छेडागाडमा कांग्रेसबाट निर्वाचित मेयर खड्काको घोषणा

काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिकाका नवनिर्वाचित मेयर रत्नबहादुर खड्काले तलब नलिने घोषणा गरेका छन् । शुक्रबार पदभार ग्रहण गर्दै मेयर खड्काले राज्यबाट प्रदान हुने तलब भत्ता आफूले नलिने घोषणा गरेका हुन् ।

उनले गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता प नि जनाए । ‘मैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरुमा लगानी गर्नेछु,’ उनले भने, ‘एउटा कोषको स्थापना गरी उनीहरुलाई सहयोग गर्नेछु । म सेवा सुविधा लिन्न ।’

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खड्काले निवर्तमान मेयरसमेत रहेका एमालेका लालबहादुर महतारालाई पराजित गरेका थिए । खड्काले ८ हजार ६०५ मत प्राप्त गरेर गर्दा महताराले ४ हजार ९१८ मत प्राप्त गरेका थिए ।

सो नगरको उपप्रमेयरमा पनि सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका माओवादीका चन्द्रबहादुर थापा ‘अपील’ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *