मिथिला बिहारीको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपमेयरमा मा‌ओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित कांग्रेस उम्मेदवार यादव ४ हजार ३ सय ४ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार अनिलकुमार यादवले ४ हजार ९४ मत मात्र ल्याउन सके ।

उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी उम्मेदवार शोभादेवी साहले ३ हजार ३ सय ३० मत प्राप्त गरिन् । यो नगरपालिकामा राजनीतक दलहरू छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *