धनुषाको हंसपुर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ । धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार प्रदीप यादव ४ हजार ९९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनिल यादवले २ हजार ९११ मत ल्याएका छन् भने लोसपा नेपालबाट निवर्तमान मेयर रामज्ञान मण्डलले मात्र २ हजार ८१५ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छन् । उनले ४ हजार ४६५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी दीपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *