अग्रता फराकिलो बनाउँदै धनराज, कसको कति मत ?

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३४३२ पुर्‍याएका हुन् ।

आचार्यले २९८०७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २६३७५ मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले ३१४५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १९६६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ३०२६० मतसहित अग्रता बनाएकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले ३०१७६ मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले २९६९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *