वीरगञ्जमा गठबन्धनलाई साढे ११ हजार मतको अग्रता

काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ । मेयरमा एमालेका उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह ११८२७ मतले अगाडि छन् ।

उनले २४३१६ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले १२४८९ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार गिरीश गिरीले १४८७ मत ल्याएका छन् ।

महानगर उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवार इम्तियाज आलमले १७०७५ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ३६७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *