भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्ट छोई पदभार ग्रहण

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले आज शुक्रबार पदभार ग्रहण गरेका छन्।

नवनिर्वाचित नगरप्रमुख भामले थार्पमष्टो, ऋणमोक्ष र छाँयानाथ ठाकुरी देवताको घण्ट छोई भ्रष्टाचार नगर्ने कसम खाँदै पदभार ग्रहण गरेका हुन्। आफनो ५ वर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन्।

भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका २ वटा घण्ट समाती पदभार सम्हालेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *