हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी
२०७९ जेठ ६ गते

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन् । उनी एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार थिए ।
यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का प्रेमकला शाहीले एक हजार ३७२ मत प्राप्त गरी जित हासिल गरेका छन् भने उनकाे प्रतिस्पर्धी नेपाली कांग्रेसको मैना बुढा एक हजार १७३ मत प्राप्त गरेका छन् ।
चङ्खेलीको वडा नं १ मा एमालेका गोविन्द बोहरा, २ मा कांग्रेसका विर्ख सिंह, ३ मा माओवादीका भारमल बुढा, ४, ५ र ६ मा स्वतन्त्र उम्मेदवारत्रय पदमबहादुर शाही, हर्कधन तामाङ र जयबहादुर सिरा वडाध्यक्षमा विजयी भएका छन् ।
२०७९ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित









