पाेखरा महानगर : धनराजकाे मतान्तर ३,२७०, उपमेयरतर्फ काेपिला अघिअघि

पाेखरा । पाेखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाएका छन् । एकीकृत समाजवादीका नेता आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ७० मतले पछाडि पारेका छन् । ६५ हजार ४ सय ६२ मतगणना गर्दा आचार्यकाे पाेल्टाेमा २६ हजार ९ ६८ मत छ भने थापाकाे पक्षमा २३ हजार ६ सय ९८ मतमात्रै परेकाे छ ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी काेपिला रानाभाट अग्रस्थानमा छिन् । उनले २७ हजार २ सय ८४ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार १ सय १९ मत बटुलेकी छन् । काेपिला र मञ्जुदेवीबीचकाे मतान्तर १ सय ६५ रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *