वीरगञ्जमा गठबन्धनलाई ९ हजार बढी मतको अग्रता

काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ । मेयरमा एमालेका उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह ९२६८ मतले अगाडि छन् ।

उनले १९ हजार ४२९ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले १० हजार १६१ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार गिरीश गिरीले ८६२ मत ल्याएका छन् ।

महानगर उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवार इम्तियाज आलमले १४ हजार १२० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार ८७४ मत प्राप्त गरेका छन् ।

महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १ हजार ९३४ र राप्रपाकी उम्मेदवार बिना जैसवालले १ हजार ५३७ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *