मुसिकोटको मेयरमा कांग्रेस, उपमेयरमा नेकपा एस विजयी

काठमाडाैँ । रूकुम पश्चिमीको मुसिकोट नगरपालिकामा कांग्रेसका उम्मेदवार मेयरमा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार महेन्द्र केसी ६ हजार ९ सय १४ मत ल्याई विजयी भएका हुन् ।

केसीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् ।

उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १ सय ४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याएका छन् ।

उनीहरु गठबन्धनबाट निर्वाचनमा उठेका थिए । एमाले-कांग्रेस गठबन्धन थियो भने माओवादी-समाजवादीको गठबन्धन थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *