नवलपरासीको कावासोती नगरपालिकामा एमाले विजयी

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ।

अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो। कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भइका छन्। आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोखरेललाई ३०४ मतते पछि पार्दै कावासोतीको नगरप्रमुखमा भुसाल निर्वाचित भएका हुन्। निर्वाचित भुसालले १८ हजार ६०८ मत प्राप्त गर्दा पोखरेलले १८ हजार ३०४ मतमात्रै प्राप्त गरे।

त्यसैगरी, कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेकै उम्मेदवार फूलकुमारी थनेत निर्वाचित भएकी छन्। नगर उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का पतिराम थनेतलाई पाँच हजार ४६३ मतान्तरले पराजित गर्दै फूलकुमारी उपप्रमुखमा निर्वाचित भएकी हुन्। एमालेकी उम्मेदवार फूलकुमारीले १९ हजार २४ मत प्राप्त गर्दा माओवादी केन्द्रका पतिरामले १३ हजार ५६१ मतमात्रै प्राप्त गरेका छन्।

१७ वटा वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै, चारवटा वडाध्यक्ष नेपाली कांग्रेस र एउटा वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)ले जितेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *