रावलकाे प्रश्न- माेदीकाे छेउमा निदाउने प्रधानमन्त्रीबाट के अपेक्षा गर्ने ? (भिडिओसहित)

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भीमबहादुर रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे छेउमा निदाउने प्रधानमन्त्रीबाट केही अपेक्षा गर्न नसकिने टिप्पणी गर्दै नेपालमा राजनीतिक संस्कार बिग्रिएकाे बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे भएकाे छलफलमा भाग लिँदै नेता रावलले यस्ताे टिप्पणी गरेका हुन् । ‘माेदीकाे छेउमा निदाउने प्रधानमन्त्रीबाट हामीले के अपेक्षा गर्ने ?,’ नेता रावलले प्रश्न गरेका छन् ।

त्यसअघि उनले नेपालकाे राजनीतिक संस्कार बिग्रिँदै गएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘याे गठबन्धनकाे सरकारसँग खासरूपमा केहीमा अपेक्षा छैन,’ नेता रावलले भनेका छन्, ‘भागबन्डाबाट देश सञ्चालन गर्ने, प्रदेशहरूमा समेत भागबन्डा नमिल्दा मन्त्रालय थप्नेलगायतका कामहरू भएका छन् । याे पटक्कै नेपाली जनताले मानेका छैनन् । याे सिर्फ सत्तास्वार्थका लागि देखिन्छ ।’

यस्तै उनले वर्तमान सरकार देशकाे वास्तविक समस्याबाट भाग्न खाेजेकाे जिकिर गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीकाे छेउमा निदाउने प्रधानमन्त्रीले ठाेस वार्ता गरेका देखिँदैन । ठाेस वार्ता गर्नुकाे साटाे अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारीकाे मात्रै चर्चा गरेर वास्तविक समस्याबाट भाग्न खाेजेकाे देखिन्छ । याे ठिक हाेइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *