तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

तनहुँ । तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उमेदवार दीपकराज जोशीको अग्रता रहेको छ । दीपकराज नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीका छोरा हुन् ।

तनहुँमा नेपाली कांग्रेससँग असन्तुष्ट भएका गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच तालमेल भएको छ । व्यास नगरपालिकाको उपप्रमुखमा एमालेको अग्रता छ ।

हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत आएको छ । उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले घर्तीले एक हजार ३४ मत प्राप्त गरिन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *