उत्तरी छिमेकी चीन जोड्ने सडकमा निर्माण भएको पुल प्रधानसेनापतिले उद्घाटन गरे

पोखरा । नेपाली सेनाले गोरखाको माछीखोलामा निर्माण गरेको बेलिब्रिज सन्चालनमा आएको छ । दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको पुलको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । १ सय २० फिट लामो पुल निर्माण भएपछि त्यहाँका स्थानीयलाई गाडी वारपार गर्न सजिलो भएको छ ।

केही महिनाअघि देखि माछाखोलासम्म गाडी जाने गरेकोमा यो पुल बनेपछि खोर्लाबेंशीसम्म गाडी पुग्न सक्छ । सेनाले बेनिघाट, आरुघाट लार्के सडक निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।

२०७४ सालदेखि निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म ३२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको जनाएको छ । दोभानसम्मको १८ किलोमिटर खण्डमा गाडी चल्न सुरु गरेको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *