अर्थमन्त्रीलाई संसदमा उपस्थित हुन सभामुखकाे निर्देशन

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले बजेटको सिद्धान्त र प्राथमिकता छलफल हुँदा सदनमा उपस्थित हुन अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बजेटका बिषयमा छलफल हुँदा अर्थमन्त्री सहभागी नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख सापकोटाले सदनमा उपस्थीत हुन अर्थमन्त्री शर्मालाई निर्देशन दिएका हुन् ।

त्यस्तै, उनले अर्थमन्त्री शर्मा उपस्थित नभएका बेला उपस्थित मन्त्रीहरूले गम्भीरता दिन पनि निर्देशन दिए ।

सदनमा बजेट छलफल भइरहँदा सरकारका मन्त्री तथा सांसदहरूको सहभागिता न्युन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =