प्रचण्डसँग गृहमन्त्री र कानूनमन्त्रीले गरे छलफल
२०७९ जेठ ५ गते

काठमाडाैँ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले भेटवार्ता गरेका छन् । उनीहरूबीच प्रचण्डनिवास खुमलटारमा छलफल भएकाे हाे ।
सँगै नेताहरूबीच समसामयिक विषयमा छलफल भएकाे प्रचण्ड सचिवालयले जनाएकाे छ । प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरू बीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक-पटक दलहरूसँग छलफल गरेका थिए ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाँण र कानूनमन्त्री शर्माले प्रचण्डलाई भेटेका हुन् ।
२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








