सुर्खेतको भेरीगंगामा एमाले विजयी

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ।

भेरीगंगामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका यज्ञप्रसाद ढकाल निर्वाचित भएका हुन्। नगर प्रमुखमा विजयी भएका उनले १० हजार २२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत प्राप्त गरेका छन्।

नगरपालिकाको उपप्रमुखमा पनि नेकपा एमाले नै विजयी भएको छ। एमाले उम्मेदवार धनसरा बोहराले ९ हजार ६१४ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले ८ हजार ९१३ मत प्राप्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *