नागरिक उन्मुक्ति पार्टीले जित्यो टिकापुरको मेयर

काठमाडौँ । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । सो पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौरा थारु मेयरमा विजयी भएका हुन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई ३ हजार मत अन्तरले पराजित गरेका हुन् । डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए ।

उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह निर्वाचित भएका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विकलाई १ सय ५३ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रका शाहले ७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् ।

टिकापुर हिंसात्मक घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टी ३ महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको थियो । पार्टीले भजनी नगरपालिका र जानकी तथा जोशीपुर गाउँपालिकामा अग्रता लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *