पोखरामा अग्रता फराकिलो बनाउँदै धनराज

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २०३३ पुर्‍याएका हुन् ।

आचार्यले १८४६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १६४२९ मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले १८३० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ९७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले १८७३१ मतसहित अग्रता बनाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले १८६४९ मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १६२१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *