अर्घाखाँचीको सन्धिखर्कमा एमाले विजयी

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।

नगर प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरेकी छन्। अघिल्लो (०७४ सालको) स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेकै तर्फबाट उम्मेदवार थिए। त्यसबेला उनी नेपाली कांग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका थिए।

यस्तै, उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएका छन्। आचार्यले नौ हजार ६४६ मत प्राप्त गरेका छन्। गठबन्धनबाट उम्मेदवार बनेका (माओवादी केन्द्र)का राजेन्द्र भुसालले नौ हजार १६८ मत ल्याएका हुन्।

यस्तै, सन्धिखर्कमा वडा नं १, ३, ४, ५, ८, ११ र १२ मा कांग्रेस विजयी भएको छ भने वडा नं २, ६, ७ र ९ मा एमाले तथा वडा नं १० मा माओवादी केन्द्र विजयी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *