रुकुम पश्चिमको आठबीसकोटमा माओवादी केन्द्र विजयी

काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका छन्। केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्र बटालालाई पराजित गरेका हुन्। बटालाले ६ हजार ६१५ मत पाए। सो नगरपालिकामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन भएको थियो।

उपप्रमुखमा विजयी शाहीले सात हजार २६५ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *