सुदूरपश्चिमका ६८ पालिकाको नतिजा : कांग्रेस पहिलो, प्रदेशको ठूलो दल एकीकृत समाजवादी शून्य

धनगढी । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ६८ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ३२ पालिकामा जित निकाल्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

त्यसैगरी २३ पालिका एमाले र १२ पालिका माओवादीले जितेका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

तर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म कुनै पनि स्थानमा जित हात पार्न सकेको छैन । पदेशका ८८ स्थानीय तहमध्ये ६८ पालिकाको मतपरिणामको अन्तिम नतिजा आउँदा एकीकृत समाजवादी शून्यमै छ ।

नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सवैभन्‍दा ठूलो दल हो । ५२ सदस्यीय प्रदेश सभामा १४ जना सांसद एकीकृत माजवादीका छन् । तर प्रदेश सभामा ठूलो हैसियतमा भएपनि एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा भने राम्रो प्रभाव देखाउन सकेको छैन । प्रदेशमा अझै धनगढी उपमहानगरपालिकासहित २० पालिकाको नतिजा आउन बाँकी छ ।

प्रदेशमा कुन दलले कहाँ जिते ?

नेपाली कांग्रेस
१. डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२. डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
३. डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
४. डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
५. डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
६. डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
७. डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
८. डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
९. डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१०. डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
११. डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
१२. अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१३. अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
१४. अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१५. अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
१६. अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
१७. बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१८. बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
१९. बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
२०. बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
२१. बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
२२. बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
२३. बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२४. बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२५. डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२६. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
२७. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
२८. बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
२९. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३०. कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
३१. बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
३२. कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट

नेकपा एमाले
१. बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२. बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३. दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
४. बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५. दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६. डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
७. कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८. बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
९. कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०. दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११. दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२. बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ०
१३. बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४. बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५. बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६. दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७. अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८. कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९. बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०. बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
२१. बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२२. कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
२३. अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्र
१. दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२. दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३. दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४. डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५. डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६. दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७. बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८. बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९. डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०. अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११. कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
१२. कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’

स्वतन्त्र
१. बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *