चितवनको खैरहनीमा कांग्रेसको मेयर एमालेको उपमेयर निर्वाचित
२०७९ जेठ ४ गते

चितवन। चितवनको खैरहनी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा एमालेले जितेको छ । मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका शशी खनियाँ १४ हजार ५४५ मत ल्याएर विजयी भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत ल्याए । लालमणि यसअघि खैरहनीकै मेयर हुन् ।
उपप्रमुखमा नेकपा एमालेकी कविता उप्रेती १४ हजार १६४ मत ल्याएर निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मी ढकालले ९ हजार ६७० मत ल्याएकी थिइन् ।
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित









