चितवनको इच्छाकामनामा गठबन्धनलाई हरायो एमालेले

चितवन । इच्छाकामना गाउँपालिकामा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् । गठबन्धनका उमेदवारलाई इच्छाकामनामा एमालेले एक्लै हराएको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मतान्तरले निर्वाचित भएका हुन् । गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन् । उनी यसअघि इच्छाकामनाकी मेयर थिइन् ।

इच्छाकामनामा उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन् । सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा (मोआवादी केन्द्र)का प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =