कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित

चितवन । चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३ मत अन्तरले विजयी भएका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँचदलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे । अन्तिम चरणमा मेयरका दुवै उम्मेदवारको गृह वडा कालिका९६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो ।

उपमेयरमा एमालेकी विमला तामाङ ७६१ मतअन्तरले विजयी भइन् । तामाङले १० हजार ४४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् । कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =